फोनिज गण्डकीको पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम
पाेखरा | असार १४, २०८१
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा शुक्रबार पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकीको सहकार्य र सहयोगमा भएको कार्यक्रममा कार्यालय गण्डकी प्रदेशका सचिव केशवराज ढकालले राज्यको चौथो अंग भनेर चिनिने पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न यस्तो खालको कार्यक्रमले सहयोग पु¥याउने बताए ।
पत्रकारिता पेसामा आफ्नो भूमिका निर्वाह गर्दै राज्यलाई खबरदारी गर्न पत्रकार हिच्किचाउन नहुनेमा उनको जोड थियो । उनले भने, ‘पत्रकारिता पेसामा हरेक समुदायका व्यक्तिको बराबरको सहभागिता गराउनु जरुरी छ ।’
पत्रकारिता क्षेत्रको हितका लागि यस्ता कार्यक्रमको आयोजना गर्नु अझै आवश्यक रहकोमा उनले जोड दिए ।
कार्यक्रममा फोनिज गण्डकीकी उपाध्यक्ष खिमा गुरुङले आदिवासी जनजाति समुदायका व्यक्तिको पत्रकारिताको क्षेत्रमा संख्या बढाउनुुपर्नेमा जोड दिइन् ।
पत्रकारिता क्षेत्रमा प्रवेश गर्नेको संख्या धेरै भए पनि उनीहरुलाई यही पेसामा टिकाइराख्नु चुनौती बन्दै गएको उनले बताइन् ।
फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीष मगरको अध्यक्षता भएको कार्यक्रम महासचिव धनबहादुर गुरुङ ‘सुमन’ ले सञ्चालन गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले आमसञ्चार र समावेशी पत्रकारितकाका विषयमा सहजीकरण गरेका थिए ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

